मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार, जनमतको मन्त्रालय खोसियो

काठमाडौँ । मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ ।
जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।
मधेस प्रदेशका मुख्य मन्त्री सरोज यादवसँग भएको छलफल अनुसार काँग्रेसले दुई वटा मन्त्रालय पाएको र आजै शपथ हुने तय भएको जानकारी दिए ।
मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल अनुसार नेकपा (एकीकृत समाजवादी ) ले कृषि मन्त्रालय पाएको छ । जनमतको भागमा रहेको कृषि मन्त्रालय खासेर नेकपा (एसकीकृत समाजवादी) लाई दिइएको हो । सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ ।
यस्तै जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
यस्तै लोसपाले पनि एक मन्त्रालय पाएको छ । लोसपाले मन्त्रालय निश्चित नभएकाले नाम दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की