मणिपुर : इम्फालमा हिंसापछि फेरि कर्फ्यू लागू
![मणिपुर : इम्फालमा हिंसापछि फेरि कर्फ्यू लागू](https://npcdn.ratopati.com/media/news/manipur_KtqbHcKKCu.png)
एजेन्सी । मणिपुरको राजधानी इम्फालमा सोमबार भएको आगजनीपछि तनावको अवस्था सिर्जना भएको छ । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ भने क्षेत्रमा कर्फ्यू लगाइएको छ । रिपोर्टका अनुसार सोमबार इम्फालका केही घरमा भीडले आगजनी गरेको थियो।
यसपछि सेनालाई स्थिति सम्हाल्न भनिएको अधिकारीहरूले बताएका छन् । पछिल्लो हिंसात्मक घटनापछि उक्त क्षेत्रमा तनाव फैलिएको छ । आगजनीको घटनापछि प्रदेश सरकारले उक्त क्षेत्रमा फेरि कर्फ्यू लगाएको छ । यसअघि बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको थियो ।
अधिकारीहरुबाट प्राप्त जानकारी अनुसार सोमबार बिहान करिब १०ः३० बजे इम्फाल पूर्वी जिल्लाको न्यू चेकोन बजार क्षेत्रमा बजारको एउटा ठाउँलाई लिएर विवाद भएको थियो । यसपछि झडप सुरु भएको थियो ।
दिउँसो दुई बजेतिर भीडले घरमा आगजनी गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
यसअघि मे ३ मा मणिपुरमा हिंसा भड्किएको थियो । मैतेई समुदायलाई आदिवासी जनजातिको हैसियत दिएको विरुद्ध ‘आदिवासी ऐक्यबद्धता’ र्याली निकालिएको थियो । मैतेई मणिपुरको जनसंख्याको ५३५ रहेका छन् र अधिकतर उपत्यकामा बस्छन्। त्यस्तै, ४० प्रतिशत जनजातिमा नागा र कुकी समुदाय रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : नयाँ शक्ति राइट टु रिजेक्टको विकल्प कार्यान्वयनमा ल्याउने पहिलो पार्टीदेखि लात्ती र मुक्काले हानेर सुधार केन्द्रभित्रै हत्यासम्म
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या
-
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने