तेक्वान्दोमा राम र सन्ध्या च्याम्पियन
सोमबार, ०८ जेठ २०८०, २० : २६

काठमाडौँ । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौँका राम गोलले स्वर्ण पदक जिते । उनले ६.६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोस्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेस्रो भए ।
सोही स्पर्धाको महिलातर्फ रामेछापकी सन्ध्या लामा ७.६६ अंकसहित शीर्ष स्थानमा रहिन् । दोलखाकी हिमाला अधिकारी दोस्रो तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेस्रो बने ।
हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौँले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य पदक हात पारे । पुरुषतर्फको समूहगत पुम्सेमा काठमाडौँ पहिलो, ललितपुर दोस्रो तथा नुवाकोट र रामेछाप तेस्रो भए । महिला समूहगत पुम्सेमा ललितपुरले स्वर्ण जित्यो । काठमाडौँले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा