बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

१५ सय मिटर दौडमा अस्मिता र विकेशलाई स्वर्ण

सोमबार, ०८ जेठ २०८०, २० : २०
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्फ १५ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । 

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्फ र विकेश पुरुषतर्फm स्वर्ण विजेता हुन् ।

विकेशले दौड पूरा गर्न ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौँका पवनकुमार साहले कांस्य पदक जिते । महिलातर्फ स्वर्ण विजेता अस्मिताले ५ मिनेट ३२ सेकेन्डमा दौड पूरा गरिन् । रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते ।

हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् । उनले १.३१ मिटरको प्रदर्शन गरिन् । चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । सोही विधामा पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनले १.६९ मिटको प्रदर्शन गरे । सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए ।

यसैगरी डिस्कस थ्रोमा महिलातर्फm रामेछापकी अनिता कार्कीले २१.९८ मिटरको प्रदर्शन गर्दै स्वर्ण जितिन् । दोलखाकी ममता सुनुवारले रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए । 

सोही स्पर्धाको पुरुषतर्फm भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटरको प्रदर्शन गरे । उक्त स्पर्धामा चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप