काठमाडौँ । राजधानीमा एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप सुरु भएको छ। सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता मानिएको उक्त च्यालेन्ज कपमा नेपालसहित ८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।
प्रतिक्रिया