बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याइन्छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सबै नीतिमा’ विषयक कार्यशाला गोष्ठीमा उनले हरेक पूर्वधार निर्माण स्वास्थ्य क्षेत्रको सुधारका लागि लक्षित हुनुपर्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सबै नीतिमा भन्ने अवधारणाले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा टेवा पुग्ने बताए । प्रदेशमा निर्माण भएका नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । नागरिकको स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले आफ्नो योजना बनाउनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यका सामाजिक निर्धारणलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिमा स्वास्थ्यका विषय सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेशस्तरमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयको प्रतिबद्धता सुनिश्चित गर्न लागिएको उल्लेख गरे । सो अवसरमा स्वास्थ्य क्षेत्रका विज्ञ भोगेन्द्रराज डोटेलले बागमती प्रदेशमा स्वास्थ्यसम्बन्धी विश्लेषण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्य, मन्त्रालयका महाशाखा प्रमुख दीपक तिवारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण
-
ढालियो ५५ हात लामो योसिद्यः
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन