अर्याललाई शेर्पाको फोन : कक्षा १० को पाठ्यक्रमबाट डा. रुइतकाे जीवनी किन हटाइयो ?

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले दुई वटा विषयमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको ध्यानाकर्षण गरेका छन् ।
सोमबार दिउँसो महानिर्देशक अर्याललाई फोन गरेर नेविसंघले गत चैत २ गते बुझाएको ज्ञापनपत्रमा उल्लेखित माग सम्बोधनबारे सोधेका हुन् ।
नेविसंघले पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रममा नैतिक शिक्षा लगायत विद्यार्थीहरूलाई आवश्यक जीवनउपयोगी विषयवस्तुहरु समावेश गर्न माग गरेको थियो ।
अध्यक्ष शेर्पाका अनुसार यसै वर्षबाट कक्षा ११–१२ को पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्ने साथै अन्य तहमा समावेश गर्न छलफल भइरहेको अर्यालले जानकारी दिएका छन् ।
यस्तै डा सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट किन हटाएको भनेर शेर्पाले अर्याललाई प्रश्न गरेका थिए । अर्यालले कक्षा १० को पाठ्यक्रमबाट हटाएको भएता पनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको जानकारी दिएको शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको सूचनाः वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्
-
‘मैले आफन्तलाई भनिदिएको छु : जसको घरमा पुस्तकालय छैन, म त्यो घरमा चिया पनि खान्नँ’
-
शिक्षकहरुको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
-
शिक्षकहरूको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
-
घण्टी बजाएर रास्वपाको ‘जनयात्रा’ शुभारम्भ
-
म्यान्मा भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो