२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरं) को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सो क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूको पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाई संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्ने बताए ।
नेपाल प्रहरी संगठनमा प्रचलनमा रहेका कार्यशैली, अभ्यासहरू, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता रहेकोले परिवर्तनको संवाहकको रुपमा काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई उनले निर्देशन दिए । दर्ज्यानी चिह्न पाएका प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्रबहादुर सिंह, चित्रबहादुर गुरूङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरीया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् । प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा रहेकाले सोमबार दर्ज्यानी चिह्न प्रदान नगरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिकोट अस्पतालले टिनको टहराबाट सेवा दिनुपर्ने बाध्यता हट्यो
-
कर प्रणालीलाई लगानीमैत्री बनाउन चेम्बरको जोड
-
बेलायती राजालाई धक्कामुक्की गर्ने अष्ट्रेलियाली सांसद परिन् सेन्सरमा
-
यस्ता छन् आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई दिएका ८ निर्देशन
-
सरकारलाई आयोगको सात बुँदे निर्देशन : राजमार्गको यातायात व्यवस्थापनदेखि मदिरा नियन्त्रणसम्म
-
माओवादी आन्दोलनले दमननाथलाई सम्झिनैपर्ने कारण