वीरगन्जमा रोकिएका १९५० सवारी चोभार ल्याइने

काठमाडौँ । वीरगन्ज सुख्खा बन्दरगाहमा आएर जाँचपास नभएका सवारी साधनलाई चोभार सुख्खा बन्दरगाहबाट जाँचपास गरिने भएको छ । भन्सारमा रोकिएका १९५० वटा सवारी साधनको जाँचपास चोभार भन्सारबाट गर्ने कानुनी व्यवस्था पुरा भएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले बिरगंजमा रोकिएका जिप र भ्यानलाई चोभार सुख्खा बन्दरगाहमा ल्याउन कानुन व्यवस्था भइसकेको जानकारी दिएका हुन् । उनले नाडा अटामोबाइल्स एसोसिएसनसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।
यस्तै, गजुरेलले विदेशबाट आयात गाडी सिधै चोभार सुख्खा बन्दरगाहमा ल्याउन समेत व्यवसायीलाई अनुरोध गरे । नाडाका अध्यक्ष धुव्र थापाले चोभार बन्दरगाहबाट भन्सार जाँचपास गर्नेगरी नयाँ एलसी (बैंक ग्यारेन्टी) खोलिसकेको र गाडीहरु चोभारबाटै जाँचपास गर्न निजी क्षेत्र तयार रहेको बताए ।
इन्टरमोडलले चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा चलाउनका लागि विभिन्न स्टेकहोल्डर्ससँग छलफल गरिरहेको छ । उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल फ्रेट फरवार्डस एसोसिएशन र नेपाल ट्रक व्यवसायी महासंघसँग आज पनि छलफल गरेको छ ।
हाल चोभार सुख्खा बन्दरगाहमा दैनिक २ देखि ३ वटा सवारी भन्सार जाँचपासका लागि आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म