लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?
सोमबार, ०८ जेठ २०८०, १५ : ५१

रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।
गुप्ता यसअघि सामाजिक विकास मन्त्री र अहिर कृषि मन्त्री बनेका थिए । खनाल भने नयाँ हुन् । यसअघि माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री नियुक्त भैसकेका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथ गराउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?