बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

संसद्‍मा वीरगञ्ज कृषि औजार कारखानाको विषय उठ्नु खुसीको कुरा : महावीर पुन

सोमबार, ०८ जेठ २०८०, १५ : ४२
सोमबार, ०८ जेठ २०८०

बारा । राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुन संसद्‍मा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको विषय उठ्नु खुसीको कुरा भएको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै पुनले कृषि औजार कारखाना सञ्चालनका लागि सरकारले हालसम्म १ रुपयाँ आर्थिक सहयोग नगरेको भन्दै गुनासो गरेपछि पूर्वमन्त्री तथा बारा ४ का संघीय सांसद किसान श्रेष्ठले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि तत्काल आर्थिक सहयोग प्रदान गर्न सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण जनाएका थिए  ।

‘कृषि औजार कारखाना सञ्चालन खर्च, विद्युत्त जडान तथा आधारभुत कुराको अहिलेसम्म पनि कुनै हल भएको छैन्,पुरानै अवस्थामा कृषि औजार उत्पादन गर्न सक्नेगरी आवश्यक सहयोग होस् सम्माननिय  सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ आइतवार शुन्य समयमा बोल्दै बारा ४ का संघीय सांसद श्रेष्ठले वीरगञ्ज कृषि औजार कारखाना मधेश प्रदेश र वीरगञ्जको मात्रै नभएर मुलुकलाई नै आर्थिक समृद्ध बनाउन सक्ने कारखाना भएको बताएका छन् ।  

mahabir2

‘कृषि औजार कारखाना नेपालको औधोगिक र कृषि क्षेत्रको विकासको लागि महत्वपुर्ण उद्योग हो,२०२४ सालमा स्थापना भएको उद्योगले धेरै उताव चढाव व्यहोरेको छ, २०५४ सालमा निजी क्षेत्रलाई हस्तान्तरण गरेर २०५८ सालमा पुनं सरकारले आफ्नै स्वामित्वमा लिएर २०५९ सालमा कारखाना नै खारेज गरियो’ श्रेष्ठले संसद्‍मा भने ‘निर्वतमान अर्थमन्त्री जनार्धन शर्माको पालामा महावीर पुनको राष्ट्रिय अविकार केन्द्रलाई १० वर्षको लागि लिजमा दिइयो, खर्च स्वामित्व भने सरकारमै निहित छ, अव यस्ता पुराना समस्याहरु नदोरिन सञ्चालन खर्च, विद्युत्त जडान तथा आधारभूत कुराको केही हल भएको छैन् पुरानै अवस्थामा कृषि औजार उत्पादन गर्न सक्नेगरी आवश्यक सहयोग होस्, सम्माननिय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

यता वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मा लिएको राष्ट्रिय अष्विकार केन्द्रका प्रमुख महावीर पुनले भने कारखाना सञ्चालनका लागि चौतफी  खबरदारी आवश्यक भएको बताएका छन्  । पुनले केही दिनअघि रातोपाटीसँगको कुराकानीमा कारखाना मर्मतसम्भार र सञ्चालनको क्रममा हालसम्म ५० लाख खर्च भएको तर सरकारबाट  एक रुपैयाँ नपाएको गुनासो गरेका थिए ।

mahabir3

आविष्कार केन्द्रले काम शुरु गरेको ६ महिनापछि गतसाता पहिलो पटक सञ्चालन समितिको बैठक बसेर कारखानामा ५ सय केभीको विद्युत्त लाईन जडान र हालसम्मको खर्च गरेर सरकारसँग १ करोड बजेट माग गरेको छ । ३० वर्षदेखि बन्द रहेको कारखाना सञ्चालनको लागि राष्ट्रिय आविष्कार केन्द्रले १४ जना प्राविधिकलाई खटाएर दिनरात सरसफाई र मर्मतसम्भारको काम गरेको छ । केन्द्रका प्रमुख पुनले हालसम्म ७५ देखि ८०  प्रतिशत औजारहरु मर्मतसम्भार पछि सञ्चालनको अवस्थामा रहेको र ३ महिनाभित्र ठुला औजारहरु पनि सञ्चालन हुने बताएका छन् । ‘हामीले सरकारसँग तत्कालका लागि १ करोड माग गरेका छौ, अब आधुनिक उपकरणहरु पनि उत्पादन गर्ने हो भने अगामी आर्थिक वर्षका लागि २० देखि २५ करोड बजेट कारखानाको लागि छुट्याउनुपर्छ, एकैपटक सकिँदैन भने अलि अलि गरेर दिँदा पनि हुन्छ’ पुनले भने, ‘भविष्यमा हामीले यस्लाई कृषि औजार कारखाना मात्रै नभएर कृषि प्रविधि सम्वन्धि सम्पुर्ण अनुसन्धान गर्ने निकाय बनाउन खोजेका छौं ।’ 

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको लागि गत अशोज १० गते सरकारले सम्झौता गरेर १० वर्षका लागि उत्पादन, बिक्री वितरण, प्राविधिक तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी केन्द्रलाई दिएको छ ।  तर कारखाना सञ्चालन क्रममा भएको नाफामा भने ५० प्रतिशत सरकारलाई दिनुपर्ने उल्लेख छ । केन्द्रका प्रमुख महाविर पुन आधुनिक उपकरण उत्पादनका लागि सरकारले लगानी  बढाउनुपर्ने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप