रास्वपाका सांसदले भने–सदनका खाली कुर्सीहरुलाई हेर्दा रोस्टमको अपमान भयो जस्तो लाग्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डिपी)अर्यालले रोस्टममा उभिएर खाली कुर्सीहरुलाई हेर्दा रोस्टमकै अपमान भए जस्तो अनुभूति भएको टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रमका विषयमा संसदमा टिप्पणी गर्दै अर्यालले संसदका २७५ सांसदै उपस्थित गराउने वातावरण बनाउनुपर्ने बताए ।
संसदमा अधिकांश सांसदहरु अनुपस्थित भएपछि अर्यालले नीति तथा कार्यक्रममा राम्रोसँग छलफल हुन नपाएको गुनासो गरे । ‘सरकारले प्रस्तुत गरेको २०८०/०८१ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम आफ्नो केही प्रतिक्रिया र सुझाव लिएर उभिएको छु । सदनका खाली कुर्सीहरुलाई हेर्दा आफूपनि रोस्टममा आएर बोलिरहनु रोस्टमकै अपमान गरे जस्तो लाग्छ’, अर्यालले भने, ‘बरु घरमै बसेर ऐनामा हेर्दै बोलेर पेनड्राइपमा रेकर्ड गरेर सचिवालयमा बुझाए हुने हो कि भन्ने जस्तो लाग्छ ।’
संसदका २७५ जनाबीच सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल केवल रेकर्डको लागि मात्रै बोले जस्तो अनुभूति भएको अर्यालले बताए । नीति तथा कार्यक्रमका विषयमा कतिपय सांसदले केही बुँदा संशोधन गर्ने औल्याएपनि पुरै पुर्नलेखन वा पारित गर्नै हुँदैन भन्ने प्रस्ताव अतिशयुक्ति हुने अर्यालले बताए । नीति तथा कार्यक्रमले धेरै विषयलाई सम्बोधन गर्ने प्रयास गरेको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)