‘जैविक विविधता संरक्षण नगरे यो शताब्दीको अन्त्यमा ४ डिग्रीसम्म तापक्रम बढ्ने खतरा’

बारा । मानवीय गतिविधिलाई नियन्त्रण गर्न नसके यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ४ डिग्रीसम्म बढ्नसक्ने जनाइएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरका सोमबार आयोजित कार्यक्रममा डिभिजन वन प्रमुख तथा वन, वातावरण विज्ञ विनोद सिंहले मानिसले आफ्ना गतिविधिलाई नियन्त्रण नगरे यही शताब्दीको अन्त्यसम्म १ दशमलव ८ देखि ४ डिग्री सेल्सियससम्म पृथ्वीको तापक्रम बढ्नसक्ने जनाए ।
‘यदि ४ डिग्रीसम्म तापक्रम बढ्यो भने मानवसँगै पृथ्वीमा धेरै प्राणीको अस्तित्व संकटमा पर्न सक्छ,’ सिंहले भने । जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी राष्ट्रमध्ये पर्दछ ।
समुन्द्र सतहबाट ६० मिटरदेखि ८ हजार ८४८ मिटर उचाइको भूभाग भएकाले नेपालमा सबैखाले जीवजन्तु र वनस्पति पाइन्छ । नेपालमा १० हजार ९१ प्रकारका वनस्पतिका प्रजाति रेर्कडमा उल्लेख रहेको डिभिजन वन प्रमुख सिंहले जनाए ।
जैविक विविधताको धनी राष्ट्रको रुपमा नेपाल विश्वमा २६ औं र एसियामा ११ औं स्थानमा छ । जैविक विविधता संरक्षणका लागि नेपाल सरकारले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु कार्यान्वयनमा रहेको वातावरण विज्ञ सिंहले जनाए ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर डिभिजन वन कार्यालय बाराले कलैया उपमहानगर वडा नं २ स्थित अमर माध्यमिक विद्यालयमा वृक्षारोपण गरेको छ ।
जैविक विविधता दिवसको अवसर पारेर फलफूल र वन प्रजातिका करिब २ सय बिरुवा लगाइएको वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी
-
२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउनेगरी भएको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट
-
युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमण, २१ जनाको मृत्यु