युगकवि श्रेष्ठको ११२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, काठमाडौँ क्षेत्र नं ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, नेपाली साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।
गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री किरातीले १९९७ सालमा युगकविले क्रान्तिविना शान्ति हुँदैन भन्ने कविता लेखेबापत १८ वर्ष जेलजीवन बिताएको उल्लेख गरे । नेपाली राजनीतिमा परिवर्तन ल्याउन उनको भूमिकाको कदर गर्न अझै कमी भएको मन्त्री किरातीको भनाइ थियो । “युगकवि जस्तै आजको युगले अर्को साहित्यकार मागिरहेको छ”। उनले भने । युगकवि श्रेष्ठको जन्म १९९७ जेठ ९ गते भए पनि उनको जन्मजयन्तीलाई आजदेखि तीन दिनसम्म मनाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतका चर्चित पुरुष र महिला पहलवानको दंगलसँगै मधानी महोत्सव सम्पन्न
-
भेनेजुएलालाई ट्रम्पको झट्का, काटे वित्तीय लाइफलाइन
-
राजेन्द्र महतोको पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने
-
भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर म क्रान्तिमा लागेँः सञ्चारमन्त्री गुरूङ
-
विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री आचार्य
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते