फिल्म पत्रकारितालाई सबैले माया गरौँ : तिमल्सिना
सोमबार, ०८ जेठ २०८०, १३ : २३
![फिल्म पत्रकारितालाई सबैले माया गरौँ : तिमल्सिना](https://npcdn.ratopati.com/media/news/capture_FbJGthnheu.jpg)
काठमाडौंँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फिल्म र फिल्म पत्रकारितालाई सबैले माया गर्नुपर्ने बताएका छन् । नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन फिल्म र फिल्मी पत्रकारिताको महत्वपूर्ण भूमिका रहने उनको धारणा रहेको थियो ।
आइतबार साँझ चलचित्र पत्रकार संघको २४ औं वार्षिक उत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी तिमल्सिनाले नेपाली फिल्मलाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे ।
‘फिल्ममा कलाकारको अभिनय कस्तो छ, फिल्मले के भन्न खोजेको छ, फिल्म हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले यसलाई सबैले माया गर्नुपर्छ’ उनले भने । कार्यक्रममा ७ रंग पत्रकारले पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’