श्रीमान् श्रीमतीबीच घरको काम बाँड्न स्पेनले तीन करोड खर्चेर एप बनायो, यस्तो गर्ने पहिलो देश बन्यो

श्रीमान्ले घरको काम गरिरहेका छन् वा छैनन् भन्ने बारे पत्ता लगाउन स्पेनको सरकारले एउटा एप ल्याउने योजना बनाएको छ । यो एपले श्रीमतीलाई श्रीमानले घरको काममा कति समय दिइरहेका छन् भन्नेबारे जानकारी दिन्छ । यो एप ल्याउनुको उद्देश्य महिला–पुरुष बीच घरको काममा समान बाँडफाँट गर्नु हो ।
यस्तै उक्त एपले कति जना सदस्यले घरको काममा कति समय दिइरहेका छन् भन्नेबारे पनि जानकारी दिन्छ । यसका लागि स्पेनको सरकारले १,८४,००० पाउन्ड अर्थात् तीन करोडभन्दा बढी रुपैयाँ बजेट छुट्टाएको छ । यद्यपि, यो एपले कसरी काम गर्छ भन्ने बारे कुनै जानकारी दिइएको छैन । एप लन्च गरेपछि, पुरुष र महिलाको घरेलु कामको निगरानी गर्ने स्पेन पहिलो देश हुनेछ ।
गर्मीमा एप लन्च गर्ने तयारी
एपले पुरुषको तौल घट्यो कि घटेन भन्ने कुराको पनि रेकर्ड राख्ने बताइएको छ । स्पेनको लैङ्गिक समानता मन्त्री एन्जेला रोड्रिगेजले यो एप यस गर्मीमा लन्च गर्ने योजना रहेको बताइन् । यो एपले घरलाई राम्रोसँग चलाउन मद्दत गर्ने पनि उनले अपेक्षा गरेकी छिन् ।
यो एपले घरमा छोरा, छोरी, बुवा, आमा वा श्रीमान्–श्रीमतीबीच काम बाँड्नका लागि सघाउ पुर्याउने आशा गरिएको छ । घरको काममा यी व्यक्तिबीच कामको बाँडफाँटमा निकै ठुलो असमानता छ । मन्त्रीले यस विषयमा भनेकी छिन्, ‘महिलाहरू पुरुषको तुलनामा घरेलु काममा बढी समय खर्च गर्छन् ।’
राष्ट्रिय तथ्याङ्क संस्थानको सर्वेक्षणमा सहभागी झन्डै आधा महिलाले घरको अधिकांश काम आफूले गर्ने गरेको बताए । यस्तै, १५ प्रतिशतभन्दा कम पुरुषले मात्रै घरको अधिकांश काम गर्ने गरेको बताए ।
यो एपको आवश्यकता किन पर्यो ?
स्पेनमा धेरै वर्षदेखि घरेलु काममा महिला र पुरुषबीचको असमानताले कानुनी विवादको रङ लिएको छ । अप्रिल २०१७ मा, क्यान्टाब्रियाको एक अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई ३२ लाख रुपैयाँ तिर्न आदेश दिएको थियो ।
यस वर्षको सुरुमा, भेलेज–मालागाको एक अदालतले एक व्यापारीलाई आफ्नी पूर्व पत्नीलाई २५ वर्षको बेतलबी घरेलु श्रमको लागि २.९२ करोड रुपैयाँ तिर्न आदेश दिएको थियो । यो रकम विवाहको समयमा न्यूनतम पारिश्रमिकको आधारमा गणना गरिएको थियो ।
महिलाका अनगिन्ती कामको पर्दाफास हुने
स्पेनी सरकारको एपले घर वरपरका अनगिन्ती कामका साथसाथै महिलाको ‘मानसिक भार’लाई पनि अगाडि ल्याउने विज्ञहरूको आशा छ । देशमा महिला सशक्तीकरण र लैङ्गिक समानता हटाउन निरन्तर प्रयास भइरहेका छन् ।
यस वर्षको मार्चमा स्पेनले लैङ्गिक समानता कानुन ल्याएको छ । यसअन्तर्गत कर्पोरेट बोर्डमा कम्तीमा ४० प्रतिशत महिला हुन आवश्यक छ । यससँगै मन्त्रिपरिषद्मा महिलाको कोटा पनि तोकिएको छ । संसद्को तल्लो सदनमा ४४ प्रतिशत र माथिल्लो सदनमा ३९ प्रतिशत महिला कोटा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?