‘परस्त्री’को गीत बलिउड गायक–गायिकाले गाउने

काठमाडौँ । नेपाल र भारतमा एकसाथ रिलिज हुने इन्डो–नेपाली फिल्म ‘परस्त्री’का गीतमा भारतीय गायक/गायिकाको समेत स्वर रहने भएको छ । फिल्मको हिन्दी भर्सनका लागि गीतमा भारतीय गायक गायिका अमित मिश्र, सोनल प्रधान र कुनाल गञ्जावालाको स्वर रहने निर्देशक सुरज पाण्डेले बताए ।
अमित, सोनल र कुनाल बलिउडमा लोकप्रिय प्लेब्याक सिंगर हुन् । कुनाल गञ्जावालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । सोनल र अमितले पनि सोमबार गीत रेकड गर्ने निर्देशक पाण्डेको भनाई छ ।
फिल्ममा रहेको गीत नै हिन्दी रिमेक गरेर बलिउड गायक गायिकालाई गाउन दिइएको हो । फिल्मको गीत नेपालीमा केतन क्षेत्री र निकिथा थापाले गाएका थिए ।
इन्डो–नेपाली फिल्म ‘परस्त्री’ जुन ३० अर्थात् असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्म डीएस डिजिटलको प्रस्तुति रहेको छ । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा लगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो