नीति तथा कार्यक्रममा धेरै कार्यक्रम समेटिएका छन् तर कार्यान्वयनमा शंका छ : पूर्व प्रधानमन्त्री नेपाल
![नीति तथा कार्यक्रममा धेरै कार्यक्रम समेटिएका छन् तर कार्यान्वयनमा शंका छ : पूर्व प्रधानमन्त्री नेपाल](https://npcdn.ratopati.com/media/news/madhav-nepal_cyGWbFQBbF.jpg)
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम धेरै राम्रा कार्यक्रमहरू समेटेर आएको बताएका छन् । सङ्घीय संसदमा जारी आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम माथिको छलफलमा सोमवार आफ्नो राय राख्दै नेपालले यसमा निकै राम्रा कार्यक्रमहरू समेटिएको तर कार्यान्वयनमा भने आफूलाई शङ्का लागेको बताए ।
‘आर्थिक वृद्धि, कृषि उत्पादन, पर्यटन प्रवर्द्धन, विकास निर्माणसँगै सामाजिक न्याय यस्ता धेरै कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिएका छन् । धेरै राम्रा योजनाहरू समेटिएका छन् तर यहाँ शङ्का कार्यान्वयनको हो’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘हाम्रोमा बोल्ने एक तर गर्ने अर्को संस्कृति छ । यसलाई सरकारले ख्याल गर्नुपर्छ ।’
सोही अवसरमा नेपालले बजेटमा हावादारी र लोकप्रिय कार्यक्रमहरू समेत समेट्ने परिपाटी रहेको बताउँदै त्यस्तो कार्यक्रम नल्याउन सरकारलाई आग्रह गरे ।
‘मैले मनन गरिरहेको छु, कुनै सरकारको पालामा मिति नै तोकेर रेलको टिकट कटाइयो, पानी जहाजको ठुलठुला गफ चुटियो । अर्बौ लगानीको टावर खडा गरियो । तर त्यो अर्बौको टावरबाट के हेर्ने हो ? कुनै पत्तो छैन’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘म पनि प्रधानमन्त्री भइसकेको मान्छे हुँ’ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंकित गर्दै उनले भने, ‘आफ्नो पालामा चाहिँ सबै राम्रो भएको तर अर्कोको पालामा सबै बिग्रियो भन्ने ? मेरै पालामा निजगढ विमानस्थलको निर्माणको डीपीआर तयार भएको हो । अहिले यो बजेटको प्राथमिकतामा परिरहेको छैन ।
नेपालले भने, ‘विमानस्थलको कुरा गर्ने तर जहाज सुरक्षाको विषयलाई जोड्न सकेनौँ । त्रिभुवन विमानस्थलको विकल्पमा निजगढ विमानस्थलको आवश्यक किन बन्दैन, यसको प्राथमिकता किन पर्दैन ? पोखरा विमानस्थल बनिसक्यो, गौतम बुद्ध विमानस्थल बनिसक्यो अब निजगढ विमानस्थल आवश्यक छैन भन्ने होइन ।’ यस्ता आयोजनाहरू निर्माण गर्न समय तोकेर नै जानुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोमा परेर मृत्यु भएका अनुपमको स्मृतिमा फुटबल प्रतियोगिता
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य