मच्छिन्द्रनाथ, बाह्रमासे र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराइयोस् : तोसिमा कार्की
सोमबार, ०८ जेठ २०८०, ११ : ३८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेकी छन् । संसदको नीति तथा कार्यक्रमको विषयमा टिप्पणी गर्दै कार्कीले ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यको आँखा नपरेको बताइन् ।
‘ललितपुर सांस्कृतिक धरोहर भन्ने गरिए पनि राज्यको आँखा परेनछ । २०७२ सालको भूकम्पपछि पुनर्निर्माणकाे काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण विघटन भइसक्यो’ कार्कीले भनिन्, ‘बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिर ८ वर्षसम्म पुनर्निर्माण हुन सकेन । यो मन्दिरको पुनर्निर्माण सम्पन्न हुने गरी बजेट विनियोजन गर्न माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा