कोहलीमाथि शुभमन भारी, मुम्बई प्लेअफमा

बैंग्लुरु । शुभमन गिलको शतकको मद्दतले इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पछ्याएको हो ।
गुजरातका लागि गिलले ५२ बलमा १०४ रन बनाए । उनलाई ५३ रन बनाउँदै विजय शंकरले राम्रो साथ दिए । बैंग्लोरका लागि मोहम्मद सिराजले २ विकेट लिए । यसअघि, विराट कोहलीको शतकको मद्दतले बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । कप्तान फाफ डु प्लेसिसले २८ तथा माइकल ब्रेसवेलले २६ रनको योगदान दिए । गुजरातका लागि नुर अहमदले २ विकेट लिए ।
गुराजतको जीतसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ । आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो । त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन