रुकुमपश्चिमको विकट वडामा पुग्यो गाडी

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१ मा पहिलोपटक गाडी पुगेको छ । जिल्लाकै विकट वडा सडक सञ्जालसँग जोडिएको हो । उक्त सडक निर्माणका लागि २०७८ सालमा हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको थियो ।
गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीयवासी खुसी भएका छन् । पहिलोपटक वडा नं १ मा पुगेका दुईवटा ट्र्याक्टर र डोजर पुगेपछि स्थानीयवासीले चालक र जनप्रतिनिधिलाई फूलमालाले स्वागत गरेका छन् भने नाचगान गरेर खुसियाली साटेका थिए ।
आठबिसकोट–१ का वडाअध्यक्ष देवबहादुर घर्तीका अनुसार चट्टानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भिर फुटाउन नसक्दा वडा नं १ र २ का नागरिक सडक सञ्जालमा जोडिन सकेका थिएनन् । वडामा सवारी साधन पुगेसँगै आवतजावतमा सहज भएको छ ।
वडाध्यक्ष घर्तीले पालिकाको सबैभन्दा विकट भएको वडा सडक सञ्जालमा जोड्न सफल भएको बताउनुभयो । यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्रीसहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो