यार्सा संकलन गर्दैगर्दा हिउँ पहिरो : १ को मृत्यु, २ बेपत्ता
आइतबार, ०७ जेठ २०८०, २० : ३३

बझाङ । यार्सागुम्बा संकलन गर्दैगर्दा माथिबाट आएको हिउँ पहिरोमा परेर बझाङमा १ जनाको मृत्यु भएको छ । अन्य २ जना बेपत्ता र २ जना घाइते भएका छन् ।
यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा हिउँ पहिरो गएको हो । घटनामा सुर्मा गाउँपालिका ३ का ३८ वर्षीय रामकोइला देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
यसैगरी उनका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका ११ घर भएका वर्ष १४ का आकाश धामी घाइते भएका छन् । घटनामा जयपृथ्वी नगरपालिका ११ घर भएका १८ वर्षीय रमिता धामी र १४ वर्षीय जामती धामी बेपत्ता भएको भण्डारीले बताए ।
उनले बेपत्ताको खोजी कार्यका लागि सुर्मा प्रहरी चौकीबाट घटनास्थल पठाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ