कर्णाली नदीमा डुंगा पल्टियो, एक जना बेपत्ता
आइतबार, ०७ जेठ २०८०, १८ : २४

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको जिरागाडीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर डुंगा पल्टिएको हो ।
चालकसहित चार जना चढेको डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५चेपाङका अन्दाजी ३० वर्षीय उमेश विक रहेका छन् । जिरागाडी चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने कर्णाली नदी किनार हो ।
सोही डुंगामा पहिलो चरणमा नदी तरेका बराहताल– १० का वीर बहादुर सुनारका अनुसार चालकलाई २–२ जना गरेर तराउभन्दा पनि नमानेर चार जनालाई नै एकै पटक चार जनालाई चढाएका थिए ।
‘चालकसहित चार जनालाई पौडी खेलेर बच्न सफल भइसके,’ उनले भने,‘एक जना मात्रै बेपत्ता हुनुभयो ।’
घटना स्थलमा २ जना प्रहरी पुगेपनि कुनै पत्तो नलागेपछि उनीहरु फर्किसकेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई फेरि दिन थाल्यो अमेरिकाले हतियार
-
रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरुप अमेरिकी टोली मस्को जाने
-
शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह
-
वसन्तपुरमा विदेशी पर्यटकको होली, तस्बिरमा हेर्नुहोस्
-
१० देशबाट भित्रियो ४० करोड बराबरको रङ
-
फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा