शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

बचत कर्ताको पैसा फिर्ता गर्न नसकेपछि मेयर फरार

आइतबार, ०७ जेठ २०८०, १७ : ५१
आइतबार, ०७ जेठ २०८०

पोखरा । इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि फरार भएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताको पैसा तिर्न नसकेपछि मेयर ३ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका नेपालीलाई खोजी कार्य भइरहेको छ ।

मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर सम्पर्कविहीन भएको बताइएको छ । आफू नआउँदा सम्म कार्यवाहक समाल्नु भनेर जिम्मेवारी दिएको उपमेयर कायतले बताए । ‘कार्यालयमा म नहुँदा कार्यवाहकको जिम्मेवारी दिनुभएको रैछ । उहाँसँग यसपछि सम्पर्क भएको छैन,’ उपमेयर कायतले भने । वैशाख ३१ को स्थानीय निर्वाचनमा नेपाली नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । इमेज सहकारीको पोखरामा पनि शाखा रहेको छ । 

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मेयर नेपाली विषयमा सम्पर्कविहीन रहेको बताए । मेयर नेपालीलाई खोजीका लागि प्रहरी परिचालन गरिएको सहायक प्रजिअ बरालको बताए । 

यसअघि मेयर नेपालीले विज्ञप्तिमार्फत बचत कर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप