नीति तथा कार्यक्रम मन्त्रीका क्षेत्रमा मात्र समेटिए : सांसद बैरागी
आइतबार, ०७ जेठ २०८०, १७ : १५
_xVRxa2s1bW.jpg)
काठमाडौं । सांसद दामोदर पौडेल (बैरागी)ले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमले सबै क्षेत्रको समतामुलक र समानुपातिक विकासको रणनीति नलिएको बताएका छन् । आइतबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सो कार्यक्रमले पर्यटन क्षेत्रको विकास र विस्तारमा केही प्राथमिकता दिएपनि त्यो केही मन्त्रीहरुको वरपरका क्षेत्रहरुलाई मात्र समेटिने गरेको बैरागीले आरोप लगाए ।
‘कास्कीको अन्नपूर्ण बेसक्याम्प, माछापुच्छे« बेसक्याम्प, मर्दी हिमाल, पन्चासे यस्ता धेरै पर्यटक क्षेत्रहरु छन् । यी क्षेत्रको विकास र विस्तारमा लाग्नुपर्ने थियो । त्यो नीति तथा कार्यक्रममा समेटिएको देखिएन । यसका लागि सरकारले विशेष ध्यान दिन जरुरी छ’ उनले भने ।