बैंकिङ शिक्षा पाठ्यक्रममा नै व्यवस्था गर्न पूर्वाञ्चल विश्वविद्यालयसँग सीबीफीनको सम्झौता

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) र पूर्वाञ्चल विश्व विद्यालयबीच सम्झौता भएको छ ।
नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच आइतबार सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा सीबीफीनको तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई व्यवहारिकता÷उत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष एवं क्षमतावान् मानवीय पूँजीको उत्पादन तथा विकासका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी देश भित्र नै अध्ययन÷अध्यापनको उपयुक्त अवसर सिर्जना गर्नु, देशैभित्र मानवीय पूँजीको उपयुक्त परिचालन तथा उपयोग गर्नु र नेपालको बैंकिङ क्षेत्रले प्राप्त गरेको विश्वास र प्रतिष्ठालाई अन्तर्राष्ट्रियकरण गर्नु उक्त सम्झौता पत्रको मुख्य उद्देश्य रहेको सीबीफीनले जनाएको छ ।
सम्झौता अनुसार कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्याङ्कन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इन्जिनियरिङ, डिजीटल÷क्रिप्टो करेन्सी, वित्तीय मोडेलिङ, वित्तीय स्थायित्व, वित्तीय समावेशीकरण, डिजिटल फाइनान्स, छायाँ बैंकिङ, स्टार्ट अप बिजनेस, स्वउद्यमशिलता जस्ता नविन विषयहरु र बैंकिङ क्षेत्रमा प्रवेश गरिसकेपछि व्यवहारिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुका विषयमा पाठ्यक्रम निर्माण हुनेछ ।
त्यसैगरी विदेशी मुद्रा नीति, विदेशी विनिमय व्यवस्थापन÷विदेशी विनिमय दर र विदेशी मुद्रा नीतिमा यसको प्रभाव, भुक्तानी प्रणाली विकास, भुक्तानी उपकरण, भुक्तानी प्रणाली पूर्वाधार, इलेक्ट्रोनिक भुक्तानी प्रणाली, ई–बैंकिङ÷डिजिटल बैंकिङ, ब्याजदर, निक्षेप, कर्जा, पूँजी बजारको विकास, पूँजी बजारका साधन र पूर्वाधार जस्ता विषयहरु समेत पाठ्यपुस्तकमा समावेश गरिने गरी सम्झौता भएको अध्यक्ष गोल्यानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म