जेलबाट निस्किइन् अभिनेत्री, खुसीले रोइन् आमा

बलिउड अभिनेत्री क्रिसन परेरालाई सरजाह प्रहरीले ३ हप्तापछि जेलबाट रिहा गरेको छ । क्रिसन परेरालाई सरजाह विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो । क्रिसनको हातमा एउटा ट्रफी थियो जसमा लागु औषध पाइएपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।
घटनाको अनुसन्धानपछि क्रिसन निर्दोष भेटिइन् । त्यसपछि उनलाई प्रहरीले रिहा गरिदियो । क्रिसन जेलमुक्त हुने बित्तिकै आफ्नी आमासँग कुरा गरिन् । उनलाई देखेर उनकी आमा खुसीले रोइन् । क्रिसनका भाइ केविन परेराले यो भिडियो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
मुम्बई पुलिसले के भन्यो ?
क्रिसन बलिउड फिल्ममा स–साना भूमिकामा देखिने गर्छिन् । सडक–२ र बटाला हाउसमा काम गरिसकेकी २७ वर्षकी क्रिसन लगातार अडिसन दिने गर्छिन् । यति नै बेला क्रिसनलाई कसैले दुबईको सिरिजमा कास्ट गर्ने भन्दै युएई बोलायो । १ अप्रिलमा क्रिसन त्यहाँ पुगिन् । प्रहरीका अनुसार कसैले उनलाई लागु औषध ओसार्न प्रयोग गर्यो । यसबारे अञ्जान क्रिसन सरजाह विमानस्थलमा पुग्ने बित्तिकै प्रहरीले उनलाई पक्राउ गर्यो ।
अनुसन्धानपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरियो । यसमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको जानकारीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
-
अमेरिकी डलरसहित रियाल, दिराम र रिङ्गेट भाउ कति पुग्यो ? हेरौं विदेशी मुद्राको दररेट