आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच चिज, स्वास्थ्यका लागि हानिकारक
गर्मी मौसममा आँप जताततै पाइन्छ । गर्मीमा आँप खानुका धेरै फाइदा छन् । आँपमा फस्फोरस, डाइटरी फाइबर, प्रोटिन, पोटासियम, जिङ्क, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, एनर्जी, जिङ्क जस्ता धेरै पोषक तत्त्व पाइन्छन् । आँपले रोग प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । आँप जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक छ ।
आँप खाने सबैको आ–आफ्नै तरिका हुन्छ । कतिलाई आँप खाना खाइसकेपछि मन पर्छ । तर आँप केही चिजसँग खानु हानिकारक हुनसक्छ भन्ने कुरा तपाईंलाई थाहा छ ? आज हामी तपाईंलाई यी चिजबारे जानकारी दिँदै छौँ ।
१. करेला
गर्मीमा मानिसहरूले करेला धेरै खान्छन् । कतिलाई खानासँगै आँप खान मन पर्छ तर आँपलाई कहिल्यै करेलासँग खानु हुँदैन । यसो गर्दा बान्ता हुने समस्या हुनसक्छ ।
२. मसालेदार चीज
आँप मसालेदार चीजहरूसँग पनि खानु हुँदैन । यी खानेकुरा सँगैसँगै खाए मानिसले पाचन सम्बन्धी समस्याको सामना गर्नुपर्ने हुन्छ । यसले पेट पनि दुखाउँछ
३. पानी पिउनु
आँप खाने बित्तिकै तुरुन्तै पानी पिउनु हुँदैन । धेरै मानिसले आँप खाएपछि तुरुन्तै पानी पिउने गर्छन् । यसले पाचन प्रक्रियामा नराम्रो असर गर्छ । त्यसैले आँप खाएको आधा घण्टापछि मात्रै पानी पिउनुहोस् ।
४. दही
दहीसँग आँप खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँप र दही सँगै खाँदा पेटसम्बन्धी धेरै समस्या हुन सक्छ, त्यसैले आँपसँग दही नखानुहोस् ।
५.कोल्ड ड्रिङ्क
आँप खाएपछि तुरुन्तै कोल्ड ड्रिङ्क कहिल्यै नखानुहोस् । यदि तपाईंले यसो गर्नुभयो भने, रगतमा चिनी छिटो बढ्न सक्छ । आँप र चिसो पेय दुवैमा चिनीको मात्रा धेरै हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना