काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा राखिरहेका छन् । जसअनुसार सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् ।
यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसकेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।
प्रतिक्रिया