सांसदले उठाए उखु किसानका पीडा : ‘सरकारले नगद बालीलाई उधारो बाली बनाइदियो’

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उखु किसानका समस्या उठाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले नगदे बालीको रूपमा रहेको उखुलाई उधारो बाली बनाएर किसानलाई रकम भुक्तानी नगरेको बताए ।
सांसद सिंहले भने– ‘हामी बच्चादेखि पढ्दै आएका थियौँ कि उखु नगदे बाली हो । तर हाम्रो सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानलाई समयमा मल, बिउ नदिने, सिँचाइको व्यवस्था नगर्ने सरकारले किसानले उत्पादन गरेको उखु उधारोमा खाइदिन्छ । जो उखु किसानको अहिलेसम्म भुक्तानी हुन सकेको छैन, असारदेखि धान बाली लगाउनुपर्छ, पैसा नहुँदा उनीहरुले कसरी धानबाली लगाउन सक्छन् ? किसानले मल बिउ कसरी किन्ने ? त्यसकारण उखु किसानको माग तत्काल समाधान होस्, सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
यस्तै सांसद अनिशा नेपालीले २०७१, २०७५ र २०७७ सालमा उखु किसानलाई उनीहरूको मूल्य दिने भनेर पटक–पटक सरकारले निर्णय गरेको तर आजसम्म सरकारले निर्णय गरेअनुसार किसानहरूले उखुको मूल्य नपाएको बताइन् । उखुको मूल्य नपाएर किसान माइतीघर मण्डलामा आन्दोलन गर्न बाध्य भइरहेको उल्लेख गर्दै सांसद नेपालीले प्रश्न गरिन– ‘यस्तो अवस्था कहिलेसम्म ? यो देश कसले चलाएको छ सरकारले कि बिचौलियाले ? सरकारले आफैले लिएको निर्णय किन लिन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा