धेरैले तपाईंलाई घमन्डी सोच्छन् ? यी पाँच टिप्सको मद्दत लिनुहोस्, भ्रम हटाउनुहोस्
विनम्रता मानिसको स्वभावको महत्त्वपूर्ण गुण मानिन्छ । यस्तै, तपाईं आफ्नो विनम्रताले जसलाई पनि सजिलै प्रभावित पार्न सक्नुहुन्छ । यद्यपि, कतिपय अवस्थामा मानिसलाई तपाईंको स्वभाव घमन्डी पनि लाग्न सक्छ जसका कारण मानिस तपाईंको नजिक पर्न चाहँदैनन् । यस्तोमा तपाईंलाई घमन्डीजस्तो देखाउन केही कारणहरू जिम्मेवार हुन सक्छन् । यस्ता कुरालाई बेलैमा पहिचान गरेर आफ्नो बानी सुधार्न सक्नुहुन्छ ।
केही मानिसहरू आफ्नो बारे यति आत्मविश्वासी हुन्छन् कि यस्तोमा तपाईंको आत्मविश्वास मानिसलाई अहङ्कार जस्तो लाग्छ । त्यसैले मानिसहरू तपाईंलाई घमन्डी ठान्ने गर्छन् । आज हामी तपाईंलाई केही यस्ता व्यक्तित्व विकासका टिप्सबारे जानकारी दिँदै छौँ जसलाई ध्यानमा राखेर तपाईं आफूबारे यो भ्रम हटाउन सक्नुहुन्छ ।
अटेन्सनबाट टाढा रहनुहोस्
घमन्डी मानिसहरू अक्सर अरूको ध्यान खिच्न चाहन्छन् । यस्ता व्यक्तिहरू आफूलाई सधैँ चर्चामा राख्न चाहन्छन् । तसर्थ, अटेन्सनबाट जोगिएर तपाईंले आफूले आफैँलाई विनम्र भएको प्रमाणित गर्न सक्नुहुन्छ ।
नराम्रो काम गर्नबाट बच्नुहोस्
घमन्डी स्वभाव भएका मानिसहरूको आफूमा चाहिनेभन्दा बढी विश्वास हुन्छ । यस्ता मानिसहरू आफूले आफैँलाई सबैभन्दा समझदार र जानकार ठान्छन् । यदि तपाईं पनि यस्तो बानीको सिकार हुनुहुन्छ भने तत्काल आफ्नो गलत बुझाई त्यागेर आफ्नो बानीमा सुधार गर्न सक्नुहुन्छ ।
कुरा बीचमा नै रोक्ने बानी
कुराकानीको सिलसिलामा बोलिरहेका व्यक्तिलाई बीचमा नै रोक्नु घमन्डी मानिसको पहिचान हो । यस्तोमा सधैँ आफ्नो कुरालाई माथि पार्ने कोसिस नगर्नुहोस् । यस्तै, हरेक पटक अरूलाई गलत साबित गर्ने गल्ती पनि नगर्नुहोस् । यस्तै, आफ्नो गल्ती हुँदा त्यसलाई तत्काल स्वीकार गर्नुहोस् । यसो गर्नुभयो भने अरूले तपाईंलाई घमन्डी सोच्दैनन् ।
आफ्नो कमजोरी चिन्नुहोस्
धेरैजसो घमन्डी मानिस अरूको कुरा व्यापक काट्छन् । यस्तै, कसैले आफ्नो कमजोरी बताइदिँदा मानिसहरू रिसाउने गर्छन् । तपाईंको यो व्यवहार घमन्डी स्वभावको पहिचान हो । त्यसैले आफ्नो आलोचना सुन्ने पनि क्षमता राख्नुहोस् र यसमा सुधार ल्याउने प्रयास पनि गर्नुहोस् ।
अरूलाई बोल्न दिनुहोस्
घमन्डी स्वभावका मानिस सधैँ आफ्नो कुरालाई माथिबाट राख्ने कोसिस गर्छन् । यस्तोमा मानिस धेरैजसो अरूलाई बोल्ने मौका नै दिँदैनन् । त्यसैले कसैले कुरा गरिरहेको छ भने ध्यान दिए सुन्नुहोस् र पुरा कुरा सुनेपछि मात्रै आफ्नो प्रतिक्रिया दिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन