भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासको बाटोमा लैजान सकिँदैन : अध्यक्ष नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहोरयाउन कठिन हुने बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।
उनले भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने जोड दिए । अध्यक्ष नेपालले भने, ‘सरकारले मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’
फरक प्रसंगमा उनले मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेका बेला जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको खुलासा गरे । अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि आफूहरु लागिपरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा