बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

प्याडमा लुकाइएको ब्राउनसुगरसहित एक युवती पक्राउ

शनिबार, ०६ जेठ २०८०, २१ : ०३
शनिबार, ०६ जेठ २०८०

काठमाडौं । नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा महिलालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने  २६ वर्षीया एन्जल राई रहेकी छन् । काठमाडौं आउन लागेकी उनलाई चेकजाँचका क्रममा उनले लगाएको भित्र वस्त्रमा प्याडको बीच भागमा प्लास्टिकको पोको पारेको अवस्थामा ब्राउनसुगर बरामद भएको हो । 

उनको साथबाट १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगर बरामत भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप