पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी पक्राउ
शनिबार, ०६ जेठ २०८०, १८ : ०८

काठमाडौँ । पोल्यान्डमा लैजाने भन्दै काठमाडौँमा बिना अनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिक पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक पक्राउ परेका हुन ।
पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको जानकारी पाए पछि उनीहरू पक्राउ परेका हुन । साथै, सो अभिमुखीकरणका सहयोगी इगल म्यानपावर कन्सल्टेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिरको आदेश दिइएको विभागका अनुसन्धान अधिकृत धर्म लम्सालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा