व्यक्ति र व्यवसायी विशेषका लागि करका दर हेरफेर हुँदैन: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने स्पष्ट पारेका छन् । शनिबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै महतले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाए ।
उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका र हेरफेर हुने बताए । उनले भने, ‘बिस्तारै हामीले नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्नुपर्छ । त्यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ । यहीँ नै युवाहरूको ऊर्जा र क्षमतालाई देशभित्रै प्रयोग हुनुपर्छ भन्ने कुरा प्राथमिकता राख्ने, यहीँ नै उत्पादन बढाउने कुरामा प्राथमिकतामा राख्नुपर्छ । नेपाली उद्योग व्यवसायलाई कसरी प्रमोट गर्ने भन्नेमा हामी आउने बजेटमा प्राथमिकतामा राख्नेछौँ । बढी भन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रमोट गर्ने र इन्सेन्टिभाइज गर्ने नीतिमा हामी जान्छौँ । अर्थतन्त्र सुधारको आवश्यकता छ । त्यसको इमानदार बिगिनिङ हुन्छ, यही दुई महिनामा मेरो ज्ञानको उपयोग गरेर सबै सफा चैट गर्छु म भन्दिन । भन्ने गरिनेछन्, हुनेछन् नै हो, तर मूल कुरा कार्यान्वयनको नै हो । मैले देखेको चुनौती कार्यान्वयनको हो । हामी नौ महिनासम्म खर्च जिरो र पैसा श्रोत रिलिज गरेपछि ठेक्का गर्ने भनेर आउँछन्, मैले रोकेको छु । हामी बजेटपछि गृहकार्य तत्काल सुरु गर्नेछौँ अब कार्यतालिकासहित । त्यसले पुँजीगत खर्चको प्रभावकारिता बढ्छ । कुनै पनि हालतमा पोलिसी करप्शन, त्यसको पाइदा उठाउने र आफ्नो कामका लागि मेरो हातबाट हुँदैन, समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर हुन्छ, एउटा व्यक्ति, एउटा व्यवसायीका लागि करका दरहरू हेरफेर हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?