नाउपालाई बाहिरै राखेर मन्त्रिमण्डल विस्तार

धनगढी । सुदूरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरिएको छ । मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिबार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराइएको छ ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
यता सत्तारुढ दल नाउपा सरकार बाहिरै रहेको छ । २ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नाउपालाई १ मन्त्रालय मात्रै दिने भएपछि बाहिर रहेको हो ।
नाउपाको नेता तथा सांसद लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्री शाहले आफूहरूलाई बाइपास गरेर मन्त्री मण्डल विस्तार गरेको दुखेसो सुनाए । उनले भने, ‘हामीलाई जुन सकै सरकारमा बाइपास गरियो । अधिकारबाट वञ्चित परेको समुदायको प्रतिनिधि हामीले गर्दै आएका छौँ । अझै हामीलाई अधिकारबाट वञ्चित गरिँदैछ । शीर्ष नेताबीचको सहमति अनुसार हामीले २ मन्त्रालयको अडानमा रहेका हौँ ।’
योसँगै यहाँको मन्त्रीमण्डलले अझै पूर्णता पाउन सकेको छैन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त