एमाले सांसदलाई डा.युवराज खतिवडा र सुशील ज्ञवालीको अभिमुखीकरण प्रशिक्षण

काठमाडौँ । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमबारे एमालेले आफ्ना सांसदहरुका लागि आभिमुखीकरण प्रशिक्षण कार्यक्रम राखेको छ । शनिवार संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा एमालेका सांसदहरुलाई पूर्व अर्थमन्त्री युवराज खतिवडा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रशिक्षण दिएका छन् ।
उनीहरुले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको स्वरुप, त्यसमा रहेका कमजोरी तथा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले ध्यान दिनुपर्ने कुराहरु लगाएका बारेमा प्रशिक्षण दिएका छन् । शनिवार मध्यान्न १२ बजेदेखि सूरु भएको अभिमुखीकरण कार्यक्रममा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा कसरी प्रभावकारी भूमिका खेल्ने लगायतका विषयमा छलफल भएको एमाले सांसद लिलानाथ श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
भोलिदेखि लगातार ४ दिनसम्म प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएकोले एमालेले त्यसका लागि तयारी थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए