गजल
प्रेम सागर म नै चाँडो तर्छु होला
शनिबार, ०६ जेठ २०८०, १३ : ३९

अलिकता बढ्ता माया म नै तिमीलाई गर्छु होला
तिमीले भन्दा प्रेम सागर म नै चाँडो तर्छु होला
हेर्ने भए हेर्न आऊ मेरो दिलको खेतबारी
तिम्ले भन्दा दुईचार सीयो म नै माया छर्छु होला
माया भर्ने पाथी भए ल्याऊ भरौँ मनको माया
तिम्रो भन्दा दुई चार मुरी मेरै माया भर्छु होला
नपत्याए चुरा फुटाऔं आऊ तिम्रै पछ्यौरीमा
ठूलो टुक्रा चैटिएकोमा म नै भागी पर्छु होला
अलिकता बढ्ता माया म नै तिमीलाई गर्छु होला
तिमीले भन्दा प्रेम सागर म नै चाँडो तर्छु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य