भत्किएको पुलमा पुगेर भौतिक पूर्वाधारमन्त्रीले सांसद गौतमको आमरण अनसन तोडाउँदै

काठमाडौँ । गत सातादेखि बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने भत्किएको पुलमुनी आमरण अनसन थालेका नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनसन तोड्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बर्दिया पुगेर सांसद गौतमको अनसन तोडाउन लागेका हुन् । बर्दियाको गुलरिया र बारबर्दिया जोड्ने पक्की पुल ६ वर्षअघिदेखि भासिएर भत्किए पनि सरकारले ध्यान नदिएको भन्दै सांसद गौतम १५ बुँदे माग अघि सार्दै भत्किएको पुलमुनी आमरण अनसनमा बसेका थिए ।
पप्पु कन्स्ट्रक्सनले बनाएको सो पुल २०७४ सालमा भासिएको थियो भने गत वर्ष बाढीले बगाएपछि बर्दियाका झन्डै १ लाख बासिन्दा प्रभावित भएका छन् । पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै गौतम सोही पुलमुनी आमरण अनसन बसेको बारेमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा, दीपक गिरीले प्रतिनिधिसभाको बैठकमा ध्यानाकर्षण गराएका थिए । गौतमको अनसन तोडाउन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सांसदहरु रामहरि खतिवडा, दीपक गिरी, सरिता प्रसाई लगायत अनसन स्थलमा पुगेका छन् ।
अनसनस्थलमा पुगेका सांसद खतिवडाले रातोपाटीसँग कुरा गर्दै भने– ‘जनप्रतिनिधिहरु यसरी आमरण अनसन बस्नु दुःखद कुरा हो त्यो पनि जिल्लाको विकासको मागको बारेमा । हाम्रो जिल्लामा पनि धेरै समस्याहरु छन्, ठेक्का लिने, काम पूरा नगर्ने हुँदा हाम्रो नाममा मुर्दावादको नारा लाग्ने अवस्था पनि रहेको छ । काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्यो भन्यो भने नेताकोमा गएर उल्टै हामीलाई नै कारवाही गर्ला भन्ने पीर हुन्छ । समस्या यस्तो भइरहेको छ । गौतमजीले बस्नुभएको अनसन र उहाँको मागको बारेमा मन्त्री र प्रधानमन्त्रीले पूरा गर्ने प्रतिबद्धता जनाउँनुभएको छ । प्रधानमन्त्रीसँग सल्लाह गरेरै हामी अनसन तोडाउँन बर्दिया आइपुगेका छौँ ।’
सरकारले माग पूरा गर्ने बचनबद्धता गरेपछि गौतमले अनसन तोड्न लागेको खतिवडाले जानकारी दिए ।
यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि आमरण अनशनमा बसेका प्रतिनिधिसभा सदस्य सन्जयकुमार गौतमको जीवन रक्षा गर्न आग्रह गरेको थियो । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्या समाधान गर्न र उनको स्वास्थ्य अवस्थाप्रति स्वास्थ्य अवस्थाबारे ध्यानाकर्षण गराएको थियो । आमरण अनशनमा बसेका सांसद गौतम गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा