अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान खरिद गर्न सहयोग गर्ने
शनिबार, ०६ जेठ २०८०, ११ : १६

वासिङ्टन । अमेरिकाले युक्रेनलाई लडाकु विमान खरिद गर्न सहयोग गर्ने भएको छ । जसमा अमेरिकामा बनेका एफ–१६ लडाकु विमान पनि पर्छन् । यसका साथै युक्रेनी पाइलटहरूलाई यो उडान गर्ने तालिम पनि दिइनेछ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडेनले जापानमा भइरहेको जी–७ सम्मेलनमा यो जानकारी दिएको बताएका छन् ।
विगत केही महिनादेखि युक्रेनका लागि लडाकु विमानको माग गर्दै आएका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यो निर्णयले आफ्नो देशको सैन्य शक्तिमा थप वृद्धि हुने बताएका छन् । अमेरिकाले यो योजना स्वीकृत गरेपछि अन्य देशहरूले पनि आफ्ना एफ–१६ लडाकु विमान युक्रेनलाई दिन सक्नेछन् । यसअन्तर्गत अमेरिकाले सहयोगी राष्ट्रहरूबाट एफ–१६ स्पेयर पार्ट्स पुनः निर्यात गर्न अनुमति दिनुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र