शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदा स्वेच्छिक कि अनिवार्य ?

शनिबार, २६ फागुन २०७४, १० : ४७
शनिबार, २६ फागुन २०७४

हुन त त्यति बेला लोकतन्त्र आइसकेको थिएन । राजा छदै थिए । हाम्रो देश राजा सहित प्रजातन्त्र भएको देश, यता त्यता भनेर सामाजिक शिक्षा पढाउने सरले पढाउनुहुन्थ्यो । त्यसैका आधारमा प्रजातन्त्रको परिभाषा घोकियो । कुनै त्रैमासिक तथा बार्षिक परिक्षामा प्रजातन्त्रको परिभाषा लेखियो, त्यति मै सिमिति थियो प्रजातन्त्र ।

स्कुल पढ्दा हरेक दिन स्कुलको गृहकार्यले वाक्कै हुन्थ्यौ हामी । आज त गृहकार्य छैन भन्यो, दैनिक लेख्नुपर्ने नेपाली र अंग्रेजीको एक एक पेज ह्रयान्डराइटिङ्ग त भैहाल्थ्यो । गृहकार्यमात्रै नभएर विज्ञान, सामान्य ज्ञान, नैतिक शिक्षा, वातावरण, नेपाली लगायतका विषयको प्रश्नउत्तर कण्ठपार्ने भएको दिन त बिदा कैले आउछ होला जस्तो लाग्थ्यो । कण्ठ पार्ने नसक्दा सिक्किमे राम धुलाई भेटिन्थ्यो । गिट्टीमा घुढाटेकेर बस्नु, कुखुरा बन्नु त हाम्रा लागि सामान्य सजाय थिए । 

वर्षे बिदा सकिनासाथ अब फेरि देशैं तिहार कैले आउछ भन्दै पर्खिन्थ्यौ । हप्तामा एक पल्ट आउने शनिबार त बिदा जस्तै लाग्दैनथ्यो । नुहाइ धुवाइ गर्दै शनिबार सकिहाल्थ्यो । सरले कण्ठ पार्न दिएको कितावको पाना गन्दागन्दै बाँकी बचेको समय छिनभरमै सकिहाल्थ्यो ।

शहिद दिवस, प्रजातन्त्र दिवस, शिक्षा दिवस, राजाका जम्मजयन्ती लगायतका बिदामा दिवसको हर्ष बढाइ गर्न र राजाको गुनगान गाउदैमा जान्थ्यो । ज्ञानेन्द्र शाहा राजा भएपछि त झन त्यस्ता दिवसमा नारा लगाउदै सदरमुकाम जाने क्रम बाक्लिदै गयो । प्लेकार्डसहित सदरमुकाम एक चक्कर लगाएपछि खुल्लामञ्चमा आफ्नो स्कुलको तर्फबाट कला कौशल प्रदर्शनी हुन्थ्यो । 

हामी मार्चपास लगात विभिन्न कलाकौसलको पूर्ण अभ्यासका साथ जान्थ्यौ । प्राय हाम्रो स्कुल प्रथम हुन्थ्यो । प्रथम नहुदा दोस्रो स्थान कतै जादैनथ्यो । परेड तथा खेलकुदमा हाम्रो स्कुल प्रथम हुदा आसपासमा नचिनेका मान्छेहरु यिनहिरुले गुरिल्ला तालिम लिएका छन् त्यसैले यो स्कुल जहिल्यै प्रथम हुन्छ भन्थे । म पढ्ने स्कुल माओबादिका नेता हरिबोल गजुरेल, महेन्द्र श्रेष्ठ, मोहनचन्द्र गौतम लगायतले स्थापना गरेको स्कुल भन्नुहुन्थ्यो बा हजुरबाले । उनिहरुले हामीलाई गुरिल्ला ट्रेनिङ लिएका छन् भन्नुको कारण त त्यसपछि पो थाहा भयो । त्यतिबेला माओबादिको जनयुद्ध उत्कर्षमा पुगेको बेला थियो ।
कलाकौसल प्रदर्शनीपछि आमन्त्रीत निकायले विध्यार्थी संख्या सोधेर भागमा दुईवटा ल्याक्टोफन चकलेट पर्नेगरि हेडसरलाई चकलेट बुझ्न बोलाइन्थ्यो । कहिले काहि त्यहि चकलेट पनि हुदैनथ्यो, खोलाको पानी खाएर फर्कन्थ्यौ हामी । भोलीपल्टदेखि पढाइको तनाव सुरु भैहाल्थ्यो । गृहकार्य नगर्दाको हैरानी त कल्पाना भन्दा बाहिरको हुन्थ्यो । किताब च्यापेर गिट्टिमा घुडा टेक्दै कण्ठ गर्नुपथ्र्यो । 
म एसएलसी सकेर क्याम्पस पढ्न राजधानी आएको साल नै हो ६२÷६३ को घमसान आन्दोलन भएको । आरआर क्याम्पसको भर्ना, अनि त कस्लाई कस्को मतलब । मन लागे पढ्यो, नत्र विध्यार्थी आन्दोलन हिड्यो । आन्दोलनको बहावले जाहानीया राजतन्त्र त अन्त्य भयो ।

धर्म निरपेक्ष संघीय लोकतन्त्रीक गणतन्त्र स्थापना भएसंगै विभिन्न जातजाति भाषा समुदायको संस्कृति तथा चाहाड पर्वका बेला सरकारले सर्वजनिक बिदा दिन थालेको छ । 
तर यो बिदा धर्म संस्कृतिको जगेर्ना गर्ने भन्दा पनि सार्वजनीक बिदा दिएर सरकार सस्तो लोकप्रियतामै सिमित भैरहेको छ । कतिपय बिदा त नाम नै नसुनिएको समुदायका गुरूको जन्मदिन भन्दै दिएको पनि छ । खैर, त्यस्ता पर्व देशको कुल जनसंख्यामध्ये कति प्रतिशत जनसंख्याले मनाए त्यसको अध्ययन त कुनै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले गरेकै होला । 

अचेल मेरा लागि त्यस्ता सार्वजनिक बिदा सुतेर समय कटाउनु भन्दा त्यसको अरू कुनै उपयोगिता छैन् । कहिकतैको यात्रा तयगर्दा एकदिनको बिदाले पुग्दैन, कार्यालयमा बिदा माग्नै पर्छ । व्यक्तिगत सरसफाइ लगायत पारिवारिक मिलनका लागि शनिबारको बिदा पर्याप्त छँदैछ । त्यसले नपुगे अन्य व्यक्तिगत बिदाको लागि आवेदन दिए भैहाल्यो । 

तर सार्वजनीक बिदाका नाममा सरकारी कार्यालय बन्दहुदा चाहि कैलेकाहि सरकारी सेवा लिन जानुपर्दा आफ्नो अनुकुलतामा हैन कि सरकारी कर्मचारिको अुकुलतामा जानुको विकल्पै छैन । सरकारी सेवा अनलाइनमा बिस्तार नभएकै कारण सरकारी सेवा लिन आफ्नो एकदिनको व्यत्तिगत काम मायमारेरै सरकारी कार्यालय धाउनुपर्ने अवस्था मैले मात्र हैन आम मानिसले भनेको सुनेको छु । मालपोत, यातायात, तगायतका कार्यालयमा त झन आफुले आँटेको काम एकै दिनमा सकिदै सकिन्न ।

स्कुल पढ्दा भ्याकेशनको गृहकार्यले थिचिएको मलाई डेड महिनासम्म हुने बर्षे बिदाले पुग्दैनथ्यो । अचेल मलाइ पाँच दिनकोे दशैं बिदाले छटपटि हुन्छ । हिन्दु परिवारमा जन्मिएको भएपनि धर्मप्रति मलाई खासै चासो छैन । दशैंमा टिकाको दिन घरमा टिका लगाएसंगै मेरो दशैं सकिन्छ । घरमा बसेर दशैंको परिकार खाएर डकारदै कार्यालय खुल्ने दिनको प्रतिक्षा गर्नुको विकल्प रहदैन ।
हुन त अचेल, धर्म संस्कृितलाई पारिवारिक पुनरमिलनका रुपमा बिद्घवानहरुले व्याख्या गर्ने गरको पाइन्छ । आवश्यक परेका बेला आफ्ना आफन्तजनलाइ भेट्न चाहाड पर्व नै पर्खनुपर्छ जस्तो लाग्दैन । त्यसमाथि प्रविधिले विश्वलाई एउटै गाँउमा रुपान्तरण गरिसकेको छ । विभिन्न स्वरूपका सामाजिक सञ्जालमार्फत हामी हाम्रा आफन्तजनको समिपमै रहुन्छौ त ।

सार्वजनिक बिदामा कुनै सरकारी अड्डा नखुल्दा त्यो घोषित नेपाल बन्द भन्दा फरक हुदैन । जता गएपनि ‘आज सार्वजनीक बिदा’ भन्दा अरु सुन्न पाइदैन । बजार खुलेको हुन्छ, बैंक बन्दै हुन्छ । सबैजसो काम पैसामै ठोकिने हुदा बैंक नै बन्द भएपछि निजी होसा वा अर्धसरकारी कार्यालय सबैको सेवा ठप्प हुन्छ । सर्वाजनिक बिदामा दुईघण्टा निजि बैंकका प्रमुख शाखा खुलेर आम जनतालाई पर्याप्त हुदैन । 
सरकारी सेवा सुविधा जनताको अनुकुलमा हैन सरकारि कर्मचारिको अनुकुलतामा विस्तार गरिएको छ । जसले गर्दा सरकारी सेवा सुविधाका समयै भेट्न कि रातिदेखि नै लाइन बस्नुपर्छ कि कर्मचारीलाई घुष ख्वाउन सक्नु पर्छ । दुवै नसक्नेलाई सरकारी सेवा लिन निकै सास्ती अझै छदै छ । त्यसका लागि मालपोत, यातायात कार्यालय, सरकारी बैंक तथा अस्पताल तगायतमा जानुपरे थाहा भैहाल्छ ।

सार्वजनिक बिदा स्वैच्छि गर्ने र बिदामा काम गर्ने कार्मचारिलाई अतिरिक्त शूल्क दिने हो भने आफ्नो धर्म संस्कृतिसंग सम्बन्धित व्यक्ति भन्दाबाहेकका कर्मचारी कार्यालय आउछन् नै । आखिर कर्मचारिहरुले पनि श्रम बेच्ने कुरा न हो । उचित पारिश्रामिक पाए हाइकाढेर को घरमा बस्छ होला र ।

जङ्गि शैलिमा आदेशात्मक बिदा घोषण हुदा कर्मचारिहरुले त बिदाको दिनलाइ तास खेलेर सदुपयोग गर्लान तर सर्वसाधारणलाई पर्ने मर्काको बारेमा कसैले सोचेको होला ? सेवाग्राहीको एक दिनमा हुने काम दुइ दिन लाग्ने भयो न,ै उता, पैसा र समयको बर्बादि त झन हुने भैहाल्यो ।
@mefossils
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र फुयाँल
खगेन्द्र फुयाँल
लेखकबाट थप