मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री प्रचण्ड
शनिबार, ०६ जेठ २०८०, ०९ : ०६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् ।
कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता-जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए ।
उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्प सहित अगाडि बढेको पनि दाबी गरे । शीर्ष नेताहरूबीच हुने गरेका छलफललाई लिएर अनेक आशङ्का गरिएको स्मरण गर्दै उनले ती भेटहरू राष्ट्र हितमै केन्द्रित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का