नीति तथा कार्यक्रमले बजेटलाई सन्देश दिन्छ : स्वास्थ्यमन्त्री बस्नेत
शुक्रबार, ०५ जेठ २०८०, १९ : २३

काठमाडौँ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वपक्षीय हिसाबले समेटेर आएको बताएका छन् ।
आज संसदमा राष्ट्रपतिबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमले आगामी बजेटलाई सन्देश दिएको बताए ।
उनले भने, ‘धेरै हदसम्म यसले राम्रो ट्रयाक पक्रिन्छ । अहिले कोभिड र युद्धको कारणले अर्थतन्त्र संकटमा पुगेको छ । यसले सबैतिर समेटेको छ ।’
नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन भए आशा गर्ने ठाउँ रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले भने, ‘यसलाई सही ढंगले कार्यान्वयन गर्नपर्छ । यसबाट आशा गर्ने ठाउँ छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?