माओवादीको भ्रातृ संगठनमा थपियो ‘रिटर्नी सेन्टर नेपाल’

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन सङ्ख्या थपिएको छ । यसअघि माओवादीमा २३ वटा भ्रातृ संगठन रहेकामा ‘रिटर्नी सेन्टर नेपाल’ थप गरेर यो सङ्ख्या २४ बनाइएको छ ।
बिहीबार र शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक गई फर्किएकालाई संगठित गर्ने उद्देश्यले रिटर्नी सेन्टर नेपाल गठन गरेको हो ।
उक्त भ्रातृ संगठन प्रदेश, जिल्ला, पालिका, वडा र टोल समितिसम्म विस्तार गरिने माओवादीले जनाएको छ ।
यसैबीच सबैलाई एक ठाउँमा संगठित गर्न रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेला यही जेठ २६ गते काठमाडौँमा हुने भएको छ । राष्ट्रिय भेलामा महानगरबाट ३ जना,उपमहानगरबाट २ जना, नगरपालिका र गाउँपालिकाबाट १ जना पठाउन सर्कुलर जारी गरिएको पार्टीका एक नेताले जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई पार्टीमा जोड्ने उद्देश्यले माओवादीले पहिलो पटक यो पहल लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो
-
‘कुस्ती’को छायाङ्कन सुरु