आँखाले हेरेकै भरमा रोग निको हुने भ्रम सिर्जना गर्नेलाई कारबाही गर्न माग
शुक्रबार, ०५ जेठ २०८०, १६ : १६

काठमाडौँ । नेपाल चिकित्सक संघले आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने भ्रम सिर्जना गर्ने गुरु भनिने भरत केसीमाथि कारवाहीको माग गरेको छ । संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकहरूमा भ्रम सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाएको हो ।
संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
यस प्रकारका अस्वाभाविक र वैज्ञानिक रूपमा पुष्टि हुन नसकेका कुरालाई अविलम्ब बन्द गरी त्यस्ता कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न संघले नेपाल सरकार तथा सरोकारवाला निकायसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी थरीथरीका : केहीले ठगे, केही मन जित्दै
-
नेपाली सेनाले खुलायो पदिक तथा बिल्लादार पदमा आवेदन (सूचनासहित)
-
सहकारीमा देखिएका समस्या र समाधान
-
लगातार चार हारपछि धोनीको कप्तानीमा कोलकातालाई चुनौति दिँदै चेन्नई
-
सबै सहकारीलाई एकै डालोमा हालेर तुलना गर्न मिल्दैन : टीकाराम पोख्रेल
-
नेपाली सेनामा भर्ना खुल्यो, ८ पास गरेकाले आवेदन दिन सक्ने (सूचनासहित)