शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकद्वारा वित्तीय साक्षरतासम्बन्धी विशेष भिडियो सार्वजनिक

शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । आजभोलि वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरू बढ्दै गइरहेको छ । यस्ता ठगहरूले सामाजिक सञ्जाल एवं अनलाइन एपहरूको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाइएको छ । 

मुख्यतः वित्तीय साक्षरता एवं जागरूकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरू फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै गरिमा  विकास बैंकले आफ्नो आधिकारिक युट्युब एवं अन्य सामाजिक सञ्जालमार्फत डिजिटल ठगी सम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । 

करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाइएको छ । बैकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोक्ता समुदायहरू थप सचेत हुने विश्वास राखेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया