फिल्म ‘देववाणी’ निर्माण हुने
![फिल्म ‘देववाणी’ निर्माण हुने](https://npcdn.ratopati.com/media/news/movie-davebadi_AoLTQs5P20.jpg)
काठमाडौँ । फिल्म ‘देववाणी’ निर्माण हुने भएको छ । फिल्मको शुक्रबार बिहान भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण थालिएको हो ।
मुहूर्तमा फिल्मका मुख्य कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रवीन्द्र झाले मुहूर्त सट दिएका थिए ।
मुर्हूतमा कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ पत्रकार शान्ति प्रिय लगायतको सहभागिता थियो ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँमा हुनेछ ।
कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहने फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।
मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता हुन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह