छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक सुरु

काठमाडौँ । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुरु भएको छ ।
बैठक शुक्रबारबाट काठमाडौंमा भइरहेकाे हाे । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षिय सम्बन्धलाई लगानीमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
बैठकका बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षिय सम्बन्धलाई लगानीको रूपमा रूपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रूपमा रुपान्तरण गर्न बैठक बसेको बताए । बैठकका लागि १८ सदस्यीय अमेरिकी टोली नेपाल आएको पनि उनले बताए । नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने बैठकको लक्ष्य रहेको उनले बताए । बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने उनले बताए । बैठक सम्भावना र समस्याको खोजी गर्ने माध्यम बनेको बताउँदै यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरुका बारेमा पनि छलफल गर्ने उनले बताए ।
सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसाबले लगानी भित्र्याउन खोजेको बताए । अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उनले उल्लेख गरे ।
बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी छन् । बैठकमा सम्बोधन गर्दै नेपालले अमेरिकाबाट दिगो विकाससहितको लगानी खोजेको र नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहँदा विदेशी लगानीका लागि सहज भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा