जथाभाबी स्वास्थ्य उपकरण किन्ने अस्पताललाई सरकारले स्पष्टीकरण सोध्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जथाभाबी स्वास्थ्य उपकरण खरिद गर्ने अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्री बस्नेतले त्यस्ता अस्पतालहरूलाई स्पष्टीकरण सोध्ने बताएका हुन् । उनले मन्त्रीस्तरीय निर्णयअनुसार गठित अस्पताल उपकरण व्यवस्थापनसम्बन्धी अनुगमन समितिको निष्कर्षका आधारमा त्यस्ता अस्पतालहरुलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको बताए ।
मन्त्री बस्नेतले २ वर्षसम्म पनि प्रयोग नभएका वा हुन नसक्ने सामानहरू स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकताका आधारमा अर्को अस्पताललाई दिने निर्णय भएको समेत सुनाए । उनले भने, ‘अब उप्रान्त स्वास्थ्य उपकरणहरू खरिद गर्दा न्यूनतम सेवा मापदण्डअनुसार मन्त्रालयको समन्वयमा खरिद गर्ने, प्रत्येक अस्पताललाई आगामी २ वर्षको कार्य योजना (सेवा विस्तार ) बनाएर पेश गर्न लगाउने र सोअनुसार आवश्यक पर्ने उपकरण मात्र खरिद गर्न लगाइन्छ ।’ मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागलाई खरिद एवं वितरण प्रकियालाई थप व्यवस्थित बनाउन समेत निर्देशन दिए ।
उनले अस्पतालहरुलाई २ वर्षभित्र खरिद गरिएका वा अन्य स्रोतबाट प्राप्त भएका स्वास्थ्य सामग्री तथा उपकरणहरूको विवरण, सङ्ख्या, स्रोत, मिति, वितरण गरेको निकाय र सामग्रीको अवस्था समेत अद्यावधिक गरी मन्त्रालयमा ७ दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।
सबै सङ्घीय र प्रादेशिक अस्पतालका ओपिडीमा अनलाइन टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन समेत उनले निर्देशन दिए छन् । मन्त्री बस्नेतले सङ्घीय अस्पतालमा कार्यरत सबै किसिमका कर्मचारीहरूको डिजिटल लिष्ट १५ दिनभित्र अद्यावधिक गर्न मन्त्रालय अन्तर्गतको प्रशासन महाशाखालाई निर्देशन दिएका छन् ।
त्यस्तै सबै सङ्घीय अस्पतालहरूमा जनरल बेड, आइसीयू बेड र रिक्त सङ्ख्याबारेको रेकर्ड वेब साइडमा राख्न समेत उनले निर्देशन दिएका छन् । बस्नेतले त्यो रेकर्ड ७ दिनभित्र अद्यावधिक गर्न समेत अस्पतालहरूलाई आग्रह गरेका छन् । त्यस्तै चालु आवमा विदेश भ्रमणमा गएका कर्मचारीहरूको नामावली, सहयोगी निकाय र उपलब्धि गएको देश समेतको विवरण ७ दिन भित्र अद्यावधिक मन्त्री बस्नेतले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म