पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन
शुक्रबार, ०५ जेठ २०८०, १४ : ०७
![पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन](https://rpcdn.ratopati.com/media/albums/health-ministry--swasthya-m_RHv84RB7de_ZgZDUuduz9.jpg)
काठमाडौँ । पोलियो विरुद्धको खोप (एफ.आई.पी.भी)को नियमित मात्रा लगाउने तालिका परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचनामार्फत पोलियो विरुद्धको खोप लगाउने तालिका परिवर्तन भएको जानकारी दिएको हो ।
एफ.आई.पी.भी खोप अब तालिका परिवर्तित गरी १४ हप्ता र ९ महिनामा गरी २ मात्रा लगाइने भएको छ । यसअघि यो खोप ६ र १४ हप्तामा गरी २ दुई मात्रा दिने गरिएको थियो ।
यस्तै, परिवर्तित तालिका अनुसार एक वर्षको उमेर भित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र पनि सम्पूर्ण बालबालिकाले लगाउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षित इन्टरनेट सेवाबारे सरोकारवालाको छलफल
-
ग्यास लुकाएर अभाव देखाए विभागले जफत गर्ने
-
आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
-
भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नु हो : उपमहासचिव ज्ञवाली
-
प्रभु साहको प्रश्न : शान्तिपूर्ण विरोध सभा गर्ने ठाउँ कहाँ छ ?
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अध्यादेशबारे छलफल